Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img
HomeActivitiesकेदार शाक्यलाई ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ समर्पण गरिने

केदार शाक्यलाई ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले लेखक तथा पत्रकार केदार शाक्य (सङ्खुवासभा) लाई २०८३ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ । उहाँले नेपाली पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएको छ भने विभिन्न पुस्तकहरूको सम्पादन तथा अनुवाद पनि गर्नुभएको छ । परोपकार, वातावरण र बौद्ध धर्मसँग सम्बन्धित पुस्तकहरू लेख्ने क्रममा उहाँले बुद्धको अस्थिधातुको यात्रा र बौद्ध संस्कृतिको विस्तार जस्ता विषयमा ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका पुस्तकहरू पनि लेख्नुभएको छ । बहुमुखी प्रतिभाशाली उहाँका यिनै योगदानका लागि उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार यही साउन १६ गते शनिबार समर्पण गरिनेछ । यस पुरस्कारको कोष व्यवस्थापन साहित्यकार, समाजसेवी तथा आध्यात्मिक व्यक्तित्व लीलादेवी श्रेष्ठले गर्नुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन केदार शाक्यप्रति हार्दिक आभार प्रकट गर्दछ ।