Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivitiesअरुणबहादुर खत्री ‘नदी’ लाई ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ समर्पण गरिने

अरुणबहादुर खत्री ‘नदी’ लाई ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले साहित्यसेवी अरुणबहादुर खत्री ‘नदी’ (तनहूँ) लाई २०८३ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ समर्पण गर्ने भएको छ । सरकारी सेवामा रही तीन दशकसम्म कार्य गर्नुभएका उहाँले विभिन्न पुस्तकहरूको समीक्षा गरेर, विभिन्न स्रष्टाहरूको जीवनी लेखेर, विभिन्न विधामा साहित्यिक सिर्जना गरेर साढे चार दशक अघिदेखि निरन्तर कर्मशील रही वाङ्मयसेवा गरिरहनुभएको छ । उहाँको यही कर्मशीलताका लागि उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार यही साउन १६ गते शनिबार समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन अरुणबहादुर खत्री ‘नदी’ प्रति हार्दिक आभार प्रकट गर्दछ ।