Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesछात्रवृत्ति समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण समारोह सम्पन्न

छात्रवृत्ति समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण समारोह सम्पन्न

शब्दयात्रा प्रकाशनले छात्रवृत्ति समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण समारोह सम्पन्न गरेको छ । कार्यक्रमका विषयमा हरि मञ्जुश्रीले जानकारी गराउनुभएको उक्त कार्यक्रममा दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना र मनका श्रेष्ठका तस्बिरमा पुष्पार्पण गरिएको थियो । कार्यक्रमको उद्घाटन सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधानले र समापन अतिथि डा. रूपनारायण श्रेष्ठले गर्नुभएको थियो । कार्यसम्पादन समितिका सदस्य कालिका त्रिपाठी पन्त कार्यक्रम सञ्चालक रहनुभएको उक्त कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष कृष्णमणि कुइकेलले, विविध व्यवस्थापन कार्यालय व्यवस्थापक सङ्गीता केसीले, छायाङ्कन तथा स्वराङ्कन कार्यसम्पादन समितिका सदस्य अमृत अधिकारीले र रुद्राक्षमाला अर्पण आजीवन सदस्य सहदीप पलाञ्चोकेले गर्नुभएको थियो । समारोह यही २०८३ जेठ ९ गते आयोजना गरिएको थियो ।