Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesमाधवी अधिकारी छात्रवृत्ति समर्पण

माधवी अधिकारी छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ ओखलढुङ्गा घर भई हाल काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित काभ्रे माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा श्रीजला बस्नेतमा समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले श्रीजला बस्नेतलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र समर्पण गर्नुभयो । उहाँले छात्रवृत्ति पाउनुपर्ने विद्यार्थी छनोट गरिदिएकोमा काभ्रे माध्यमिक विद्यालयका लागि आभारपत्र समर्पण पनि गर्नुभयो । यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन आफ्नी धर्मपत्नी साहित्यकार तथा शिक्षासेवी माधवी अधिकारीको स्मृति र सम्मानमा लेखक, वैज्ञानिक तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक रजिस्ट्रार प्रा. डा. सीताराम अधिकारीले गर्नुभएको हो । उहाँ कार्यक्रममा उपस्थित हुन नसक्नुभएकाले उहाँका तर्फबाट हरि मञ्जुश्रीले छात्रवृत्ति र आभारपत्र समर्पण गर्नुभएको थियो । छात्रवृत्ति समर्पण समारोह यही २०८३ जेठ ९ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा सम्पन्न भएको थियो ।