Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesढुण्डिराज पोखरेलको ‘मञ्जुश्रीयात्रा’ सार्वजनिक

ढुण्डिराज पोखरेलको ‘मञ्जुश्रीयात्रा’ सार्वजनिक

कवि एवं आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको लघुकाव्य ‘मञ्जुश्रीयात्रा’ सार्वजनिक गरिएको छ । लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसी र शिक्षासेवी देवीप्रसाद ढुङ्गानाले संयुक्त रूपमा यस लघुकाव्यको सार्वजनिकीकरण गर्नुभएको हो । कार्यक्रममा यो लघुकाव्य लेख्नुको उद्देश्य र लघुकाव्यको विशेषताका बारेमा लघुकाव्यकार ढुण्डिराज पोखरेलले जानकारी गराउनुभएको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा २०८३ जेठ ९ गते शनिबार आयोजना गरिएको थियो । लघुकाव्यमा लेखिए अनुसार शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई यो लघुकाव्य लेखिएको छ ।

‘हरि मञ्जुश्री’ बाट ‘मञ्जुश्री’ र ‘शब्दयात्रा’ बाट ‘यात्रा’ शब्द लिएर लघुकाव्यको नाम ‘मञ्जुश्रीयात्रा’ राखिएको छ । यस लघुकाव्यमा शब्दयात्रा प्रकाशनको स्थापना र विकासमा हरि मञ्जुश्रीको योगदानका बारेमा वर्णन गरिएको छ, उहाँको व्यक्तित्वका अन्य विभिन्न आयामहरूमा चाहिँ सङ्केत मात्र गरिएको छ । कृतिकार शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हुनुभएकाले र यस संस्थाका गतिविधिलाई नजिकैबाट अवलोकन गर्नुभएकाले यस काव्यको महत्त्व बढेको छ र यो काव्य आधिकारिक पनि बनेको छ । हरि मञ्जुश्रीका विषयमा लेखिएको यो ११ औँ कृति हो भने शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २७५ औँ कृति हो ।