Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesखोटाङका प्रतिभालाई सम्मान गरिदिन रकम प्रदान

खोटाङका प्रतिभालाई सम्मान गरिदिन रकम प्रदान

लेखक तथा सम्पादक दामोदर घिमिरेले शिक्षा, समाजसेवा र कृषिमध्ये कुनै एक क्षेत्रमा संलग्न भई योगदान गरेका खोटाङ जिल्लाका एकजना व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनबाट सम्मान गरिदिन आग्रह गर्दै त्यसका लागि आवश्यक रकम सहयोगस्वरूप उपलब्ध गराउनुभएको छ । आफूले शब्दयात्रा प्रकाशनबाट विद्वतवृत्तिका रूपमा प्राप्त गरेको रकममा केही रकम थप गरी उहाँले उक्त रकम शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई बुझाउनुभएको हो । उक्त सम्मानका लागि संस्थालाई आवश्यक परे थप रकम पनि उपलब्ध गराउने जानकारी उहाँले दिनुभएको छ । आफ्नो जन्मजिल्लाका प्रतिभाको सम्मान गराउन देखाउनुभएको यस्तो उदारताका लागि दामोदर घिमिरेप्रति शब्दयात्रा प्रकाशन आभार व्यक्त गर्दछ ।