शब्दयात्रा प्रकाशनले आफ्ना आजीवन सदस्यहरूको जन्मदिवस विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ । त्यसै क्रममा हिजो २०८२ मङ्सिर १० गते बुधबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा विभिन्न कार्यक्रम गरी आख्यानकार तथा नवीन दर्शनका दार्शनिक भरत जङ्गमको ७९ औँ जन्मदिवस मनाइयो । शब्दयात्रा प्रकाशनका सल्लाहकार तथा अनुसन्धान विद्वतवृत्तिका कोष व्यवस्थापक सावित्री थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व आजीवन सदस्य कृष्णमणि कुइकेलले र सञ्चालन आजीवन सदस्य शारदाप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रमका बारेमा संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जानकारी गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनका तर्फबाट कार्यक्रममा उपस्थित आजीवन सदस्यहरूले भरत जङ्गममा जन्मदिवसको शुभकामनापत्र तथा अन्य महानुभावहरूले खादा र उपहार समर्पण गर्नुभएको थियो ।