शब्दयात्रा प्रकाशनले प्रभा अधिकारीलाई २०८२ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ समर्पण गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका निवासी प्रभा अधिकारी बनेपाको काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारितातर्फ स्नातक चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र मङ्सिर महिनामा समर्पण गरिनेछ । यस छात्रवृत्तिको कोष व्यवस्थापन आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृति र सम्मानमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ (देउराली भोजपुर, हाल पेप्सिकोला काठमाडौँ) ले गर्नुभएको हो । यो छात्रवृत्ति हरेक वर्ष समर्पण गर्ने गरिन्छ ।