Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
Homepublications२६१. गगनमण्डलका ताराहरू

२६१. गगनमण्डलका ताराहरू

‘गगनमण्डलका ताराहरू’ समीक्षासङ्ग्रह हो । यसका लेखक डा. इन्दुल केसी हुनुहुन्छ । ‘गगनमण्डल’ ले साहित्याकाशलाई र ‘तारा’ ले पुस्तकलाई जनाएको छ । यसभित्र सोह्रवटा कृतिका समीक्षाहरू, एउटा संस्था परिचय र एउटा संस्मरण रहेका छन् भने परिशिष्ट अन्तर्गत डा. इन्दुल केसीका विषयमा अन्य व्यक्तिले लेखेका तीनवटा संस्मरणात्मक प्रतिक्रिया रहेका छन् । जम्मा २१ थुँगाको मालाका रूपमा यो पुस्तक प्रस्तुत भएको छ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तक र शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वारा सम्पादित पुस्तकका समीक्षाहरू पनि यसमा परेका छन् । जम्मा ९६ पृष्ठको यस पुस्तकको मूल्य २ सय रुपियाँ राखिएको छ ।