डा. गोपाल पौड्याल ‘मण्डने’ ले बेलायत गएर उच्च शिक्षा हासिल गरी ‘पवित्र समाजवाद’ नामक सिद्धान्तको प्रतिपादन गरेर हाम्रो मुलुकलाई दिनुभएको छ । उहाँले गहिरो अनुसन्धान गरी व्यावहारिक दृष्टिकोण र नीतिनिर्माणका ठोस उपायहरू यस पुस्तकमा प्रस्तुत गर्नुभएको छ । न्यायिक सुधार, प्रशासनिक सुदृढीकरण र आर्थिक क्रान्तिको खाका कोर्न यो पुस्तकले महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।  नेपाललाई भ्रष्टाचारमुक्त, आत्मनिर्भर र सुव्यवस्थित राष्ट्र बनाउने मार्गचित्र यो पुस्तकले दिन्छ । डा. गोपाल पौड्याल ‘मण्डने’ को अथक मेहनत र प्रयासले हाम्रो देशको भविष्यमा बन्ने सरकारले स्पष्ट नीति तथा निर्देशन पाउने आशा छ । देशको रूपान्तरणका लागि यो पुस्तक मार्गदर्शक बन्नेछ ।