Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesचिकित्सा विधामा पनि शब्दयात्रा प्रकाशनले पुरस्कार समर्पण गर्ने

चिकित्सा विधामा पनि शब्दयात्रा प्रकाशनले पुरस्कार समर्पण गर्ने

शब्दयात्रा प्रकाशनले चिकित्सा विधामा पनि पुरस्कार समर्पण गर्ने भएको छ । पुरस्कृत चिकित्सकलाई पुरस्कारका रूपमा २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र पुष्पमाला समर्पण गरिनेछ । पुरस्कारको नाउँ ‘शब्दयात्रा डा. भास्कर–रश्मि हुमागाईं चिकित्सा पुरस्कार’ रहनेछ । पुरस्कार यसै वर्षदेखि समर्पण गरिनेछ । यस पुरस्कारको कोष व्यवस्थापन हाडजोर्नी विशेषज्ञ डा. भास्कर हुमागाईंले गर्नुहुनेछ । यस विषयमा हाडजोर्नी विशेषज्ञ डा. भास्कर हुमागाईं र शब्दयात्रा प्रकाशनका बीचमा सम्झौता भइसकेको छ । सम्झौतापत्रमा कोष व्यवस्थापक डा. भास्कर हुमागाईं र शब्दयात्रा प्रकाशनको कार्यसम्पादन समितिका सदस्य इ. रोशन मञ्जुश्री अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।