Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesसुदीप अधिकारीलाई सिर्जना सम्मान समर्पण गरिने

सुदीप अधिकारीलाई सिर्जना सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान’ लेखक सुदीप अधिकारी (भोजपुर) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित कृतिहरूमध्ये सर्वोत्तम ठहरिएको कृतिका लागि यो सम्मान समर्पण गरिन्छ । २०८१ सालमा शब्दयात्रा प्रकाशनबाट २१ वटा कृतिको प्रकाशन गरिएकोमा सुदीप अधिकारीद्वारा लिखित अनुसन्धानात्मक ग्रन्थ ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ लाई चयन समितिले सर्वोत्तम कृतिका रूपमा चयन गरेको छ । उहाँजस्ता अनुसन्धातामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन कवि कल्याण लम्साल (काठमाडौँ) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा सुदीप अधिकारीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।