Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesश्रीराम पौडेल ‘उदासी’ लाई शोध सम्मान समर्पण गरिने

श्रीराम पौडेल ‘उदासी’ लाई शोध सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ साहित्यकार श्रीराम पौडेल ‘उदासी’ (ललितपुर) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । कवि नन्दिकेश्वर अधिकारी र उहाँका वंशज साहित्यकारका विषयमा अध्ययन–अनुसन्धान गर्ने व्यक्तिलाई उक्त सम्मान समर्पण गरिन्छ । श्रीराम पौडेल ‘उदासी’ ले नन्दिकेश्वर अधिकारीका वंशज साहित्यकार हरि मञ्जुश्रीको प्रथम कथासङ्ग्रह ‘फोरिएको पर्खाल’ माथि विवेचनात्मक अध्ययन गर्नुभएको छ । उहाँजस्ता सक्रिय साहित्यकारमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन लेखिका गीता अधिकारी (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा श्रीराम पौडेल ‘उदासी’ प्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।