सन्त भक्तिदिल (भक्तिनारायण घिमिरे) द्वारा लिखित तथा सम्पादित ‘भक्तिसुधा’ (जोशमुनि संस्कारसहित) नामक प्रस्तुत पुस्तक आध्यात्मिक क्षेत्रमा रुचि राख्ने सनातन वैदिक धर्मावलम्बी पाठक वर्गका लागि उपयोगी रहेको छ । यस पुस्तकभित्र ८८ वटा विभिन्न शीर्षकमा विभिन्न प्रकारका सामग्रीहरू रहेका छन् । जान्नुपर्ने कैयौँ प्रसङ्गहरू यस पुस्तकमा सङ्क्षिप्त रूपमा समेटिएका छन् । त्यसैले यो पुस्तक पढ्नुपर्ने पुस्तकका रूपमा आएको छ । सनातन वैदिक धर्म अन्तर्गतको जोशमुनि परम्पराका विषयमा अनुसन्धान गर्न चाहने अनुसन्धाताका लागि पनि यस पुस्तकले राम्रो सामग्री प्रदान गर्दछ ।