Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesप्रकाश खड्काको ‘मान्छेभित्रको मान्छे’ छापिँदै

प्रकाश खड्काको ‘मान्छेभित्रको मान्छे’ छापिँदै

शब्दयात्रा प्रकाशनको २४३ औँ प्रकाशनपुष्पका रूपमा ‘मान्छेभित्रको मान्छे’ नामक कवितासङ्ग्रह प्रकाशन गरिने भएको छ । यो सङ्ग्रह विराटनगरनिवासी कवि प्रकाश खड्काद्वारा लिखित पहिलो कवितासङ्ग्रह हो । उहाँका कविताहरू फुटकर रूपमा प्रकाशित छन् र उहाँका गीतहरू पनि यु–ट्युबबाट सुन्न सकिन्छ । पुस्तकाकार रूपमा चाहिँ यो नै उहाँको पहिलो कृति हो । यस सङ्ग्रहमा उहाँका ४० वटा कवितात्मक सिर्जना समावेश छन् । यो सङ्ग्रह यही माघ २६ गते शनिबार दिउँसो १२ः३० बजे शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा सार्वजनिक गरिनेछ ।