Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesपुरस्कार समर्पण समारोह माघ २६ गते

पुरस्कार समर्पण समारोह माघ २६ गते

शब्दयात्रा प्रकाशनले २०८१ सालको दोस्रो चरणको पुरस्कार समर्पण समारोह यही माघ २६ गते शनिबार गर्ने भएको छ । उक्त समारोहमा शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ (ललितपुर) लाई, शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार गीतकार श्याम तमोट (भोजपुर) लाई, शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार हुमकला पाण्डे (अर्घाखाँची) लाई र शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक साहित्य पुरस्कार आध्यात्मिक लेखक टहलदास शिवाकोटी ‘यात्री’ (झापा) लाई समर्पण गरिनेछ । उक्त कार्यक्रममा शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार साहित्यकार अनन्त कोइराला (रौतहट) लाई, शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार इन्जिनियर तथा अधिवक्ता दिनेश चौधरी (महोत्तरी) लाई, शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार निर्मलाकुमारी यगोल श्रेष्ठ (काभ्रेपलाञ्चोक) लाई र शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार संयुक्त रूपमा नवीन खड्का र पुस्तका खड्का (सङ्खुवासभा) लाई समर्पण गरिनेछ । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे प्रारम्भ गरिनेछ । समारोहमा ठीक समयमै समुपस्थित भइदिन सबैमा हार्दिक अनुरोध छ ।