Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesललितपुर जिल्लाका प्रतिभाका लागि अक्षयकोष स्थापना

ललितपुर जिल्लाका प्रतिभाका लागि अक्षयकोष स्थापना

ललितपुर जिल्लामा जन्मिएका वा ललितपुर जिल्लालाई कार्यस्थल बनाएका प्रतिभाशाली व्यक्तिलाई पुरस्कार समर्पण गर्ने गरी प्रा. डा. मुकेश–जनक चालिसेले शब्दयात्रा प्रकाशनमा हालका लागि दुई लाख रुपियाँको अक्षयकोष खडा गर्नुभएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार’ राखिएको छ । यो पुरस्कार संस्कृति, वन्यजन्तु, वातावरण, विज्ञान–प्रविधि, खेलकुद जस्ता विधामा अध्ययन–अनुसन्धान तथा प्रकाशनका माध्यमबाट राष्ट्रिय स्तरको योगदान गर्ने एक व्यक्तिलाई हरेक वर्ष अलग–अलग विधामा समर्पण गरिनेछ । यही २०८१ सालदेखि यो पुरस्कार समर्पण गरिने भएकाले त्यसका लागि उहाँले पहिलो वर्षका लागि छुट्टै रकम उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशनबाट आफ्नो जिल्लाका प्रतिभालाई पुरस्कृत गर्न हजुरबुबा–हजुरआमाको नाउँमा पुरस्कारका लागि अक्षयकोष खडा गर्नुभएकोमा प्रा. डा. मुकेश–जनक चालिसेप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।