Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesएघाह्रजनालाई दानशीलता सम्मान

एघाह्रजनालाई दानशीलता सम्मान

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ एघाह्रजना जग्गादातालाई संयुक्त रूपमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनले सरस्वतीको मन्दिर निर्माण गरेको, नीलकण्ठेश्वर धाम संरक्षण समितिसँगको सहकार्यमा १०८ शिवलिङ्गको स्थापना गर्दै गरेको र वाङ्मयका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिहरूको सालिक राख्न लागिएको नीलकण्ठेश्वर धाम परिसरको जग्गा दान गर्ने दाताहरूलाई उक्त सम्मान समर्पण गर्न लागिएको हो । जग्गादाताहरू कृष्णमणि कुइकेल, ईश्वरीप्रसाद कुइकेल, ठाकुरप्रसाद कुइकेल, शम्भुप्रसाद कुइकेल, देवकी कुइकेल, रामहरि कुइकेल, राममणि कुइकेल, गायत्रीदेवी कुइकेल, राजेन्द्रप्रसाद कुइकेल, नवराज पराजुली र हरिप्रसाद कुइकेल हुनुहुन्छ ।