Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivities‘अङ्कुरित सिर्जना’ सार्वजनिक

‘अङ्कुरित सिर्जना’ सार्वजनिक

सिर्जना खनालद्वारा रचित तथा शब्दयात्रा प्रकाशनद्वारा २०३ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘अङ्कुरित सिर्जना’ नामक छन्दोबद्ध कवितासङ्ग्रह गत चैत २५ गते शनिबार भैरहवामा सार्वजनिक गरियो । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रूपन्देहीको आयोजनामा भएको उक्त कार्यक्रम सिसासकी उपाध्यक्ष सरु ज्ञवालीको अध्यक्षता, प्राज्ञ प्रा. डा. कपिलदेव लामिछानेको प्रमुख आतिथ्य, प्रा. डा. गितु गिरी, डा. बालकृष्ण चापागाईं, डिल्लीराज भट्टराई र सोनु गुरुङको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रूपन्देहीका पूर्वअध्यक्ष एवम् सल्लाहकारद्वय सुरज घिमिरे दीपशिखा र छवि ज्ञवाली, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, सहिद स्मृति पुस्तकालयका अध्यक्ष एवम् सिसासका सल्लाहकार रुद्र ज्ञवाली, वरिष्ठ हाइकुकार सोनु गुरुङ, नारद गौतम, प्रा. डा. गितु गिरी, डा. बालकृष्ण चापागाई लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ‘अङ्कुरित सृजना’ को समीक्षा रमेश समर्थनले गर्नुभएको थियो । कार्यक्रममा लुम्विनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष ऋषि आजाद, लुम्विनी वाङ्मय प्रतिष्ठान रूपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेय, प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष तिलक लामिछाने, लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देहीका उपाध्यक्ष कृष्ण गाउँले, प्रलेस नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङ, लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देहीका सहसचिव सरला गाहा, सिर्जनशील साहित्यिक समाज (सिसास) का पूर्वअध्यक्षहरू तेजप्रसाद पन्थ, नारायणप्रसाद भण्डारी, शशि पन्थी, सिद्धार्थ साहित्य परिषद्का सचिव लक्ष्मीप्रसाद अधिकारी, लगायतको उपस्थिति रहेको थियो । सिर्जनशील साहित्यिक समाज (सिसास) का पूर्वअध्यक्ष एवम् सल्लाहकार सुवास रिजाल यात्रीको स्वागत मन्तव्य र सहसचिव राधा भट्टराईको स्वागतगीत रहेको उक्त कार्यक्रमको सञ्चालन सिर्जनशील साहित्यिक समाज (सिसास) का सचिव विष्णुप्रसाद गजुरेलले गर्नुभएको थियो । त्यस अवसरमा यज्ञलाल सुवेदीद्वारा रचित ‘पर्दाभित्र’ छन्दोबद्ध कवितासङ्ग्रहलाई पनि सार्वजनिक गरिएको थियो ।