Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesछात्रवृत्तिका लागि सिफारिस आह्वान

छात्रवृत्तिका लागि सिफारिस आह्वान

काभ्रेपलान्चोक जिल्लामा पत्रकारिता विषय पढिरहेकी काभ्रेपलान्चोक जिल्लाकै कुनै एउटी छात्रालाई शब्दयात्रा प्रकाशनले हरेक वर्ष ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ प्रदान गर्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका तर पत्रकारिता विषयको पढाइमा तेजिला रहेका काभ्रेपलान्चोक जिल्लाका छात्राहरूले आर्थिक असमर्थताकै कारण पढाइ छोड्नु नपरोस् भन्ने उद्देश्यले लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले आफ्नी धर्मपत्नीको स्मृतिमा यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन गर्नुभएको हो । यसै गरी शारीरिक अपाङ्गता भएका तर पढाइमा तेजिला रहेका कुनै पनि जिल्लाका एकजना विद्यार्थीलाई शब्दयात्रा प्रकाशनले हरेक वर्ष ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ प्रदान गर्ने गरेको छ । शारीरिक रूपमा अपाङ्गता भई आर्थिक अवस्था पनि कमजोर भएका कारण अध्ययनलाई अघि बढाउन कठिनाइ परेका छात्रहरूले आर्थिक असमर्थताकै कारण पढाइ छोड्नु नपरोस् भन्ने उद्देश्यले शिक्षासेवी तथा समाजसेवी डा. रूपनारायण श्रेष्ठले आफ्ना पितामाताको स्मृतिमा यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन गर्नुभएको हो । यी दुवै छात्रवृत्ति उपयुक्त पात्रलाई प्रदान गर्न सकियोस् भन्ने कुरामा शब्दयात्रा प्रकाशन सचेत छ । यसै सन्दर्भमा यी दुवै छात्रवृत्ति प्रदान गर्न योग्य छात्रछात्राको नाउँ, विवरण, तस्बिर र सम्पर्कसूत्र [email protected] मा यही २०७९ साल असोज मसान्तभित्र उपलब्ध गराइदिन सबैमा हार्दिक अनुरोध छ । सहयोगका लागि आभार व्यक्त गर्दछौँ ।