यही २०७९ साल असोज ८ गते शनिबार आयोजना गरिने पुरस्कार समर्पण समारोहमा शब्दयात्रा प्रकाशनले चारवटा पुस्तकलाई सार्वजनिक गराउनेछ — डा. शालिग्राम शर्माका दुई पुस्तक (१) देहात तापेर आयुर्वेद र (२) अहर्निश उकालो (दुवै संस्मरणसङ्ग्रह) तथा ढुण्डिराज पोखरेलका दुई पुस्तक (३) आत्मबोध (कथासङ्ग्रह) र (४) आत्मानुभूति (कवितासङ्ग्रह) । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १ः३० बजे हुनेछ ।