Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कृषि जर्नल पत्रिकालाई कृषि सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले कृषि जर्नल (छापा तथा अनलाइन) पत्रिकालाई ‘शब्दयात्रा डा. जगदीशराज बराल कृषि सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । यसको कोष व्यवस्थापन...
HomeActivitiesशब्दयात्राबाट चारजना सम्मानित हुने

शब्दयात्राबाट चारजना सम्मानित हुने

शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष जेठ महिनामा समर्पण गरिने शब्दयात्रा सिर्जना सम्मान, राष्ट्रिय गजल सम्मान, नन्दिकेश्वर अधिकारी शोध सम्मान र प्रशासनिक महिला प्रतिभा सम्मान गरी चार विधाका सम्मानहरूबाट यस वर्ष क्रमशः नियात्राकार पोष चापागाईं (भोजपुर), अग्रज गजलकार डा. कृष्णजङ्ग राणा (नेपालगन्ज), वरिष्ठ पत्रकार नकुलकाजी (झापा) र पूर्वप्रशासक शुभलक्ष्मी श्रेष्ठ (काठमाडौँ) लाई सम्मानित गरिने भएको छ । हरेक सम्मानमा अभिवन्दनापत्र, नगद रु. ५ हजार, किरीट र उपहार समर्पण गर्ने गरिएको छ ।
शब्दयात्रा प्रकाशनद्वारा २०७२ सालभरिमा प्रकाशित १८ वटा कृतिहरूमध्ये अधिकांश पाठकले मन पराएको आधारमा ‘माटो’ (नियात्रासङ्ग्रह) का नियात्राकार पोष चापागाईं (२००८ साल) लाई शब्दयात्रा सिर्जना सम्मान, गजल विधामार्फत साहित्यिक क्षेत्रमा विशिष्ट योगदान दिनुभएकोमा डा. कृष्णजङ्ग राणा (१९९० साल) लाई राष्ट्रिय गजल सम्मान, कवि नन्दिकेश्वर अधिकारीका साहित्यिक सन्ततिहरूलाई साहित्यिक क्षेत्रमा अघि बढ्न सहयोग गर्ने नकुलकाजी (२००२ साल) लाई नन्दिकेश्वर अधिकारी शोध सम्मान र प्रशासनिक क्षेत्रमा संलग्न भएर साहित्यिक क्षेत्रमा पनि योगदान पु¥याउने प्रेरक महिला शुभलक्ष्मी श्रेष्ठ (२००६ साल) लाई प्रशासनिक महिला प्रतिभा सम्मानबाट सम्मानित गर्न लागिएको हो ।
सम्मानका लागि योग्य व्यक्तित्वको नाउँ सिफारिस गर्न शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि’ साप्ताहिक पत्रिका र ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमबाट सार्वजनिक आह्वान गरेको थियो भने ४ सदस्यीय चयन समिति पनि बनाएको थियो । त्यसअनुसार प्राप्त भएका नाउँहरू शब्दयात्रा प्रकाशनले सम्मानित व्यक्तित्व चयन समितिमा उपलब्ध गराएको थियो । उक्त समितिले प्राप्त भएका नाउँँहरूमाथि विस्तृत छलफल गरेर ४ जनालाई सम्मान गर्नका लागि चयन गरेको हो ।
सम्मानित व्यक्तित्व चयन समितिमा संयोजक गोविन्दलाल प्रधानाङ्ग तथा सदस्यहरू खेमराज निरौला, कृष्णप्यारी नकर्मी र पदमनाथ ढुङ्गाना रहनुभएको छ ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापन क्रमशः कल्याण लम्साल, रुक्मिणी सिग्देल, गीता मञ्जुश्री र उर्मिला श्रेष्ठ भोजपुरेले गर्नुभएको हो ।
सम्मान समर्पण गरिने दिन ‘नेपालभूमि साप्ताहिक’ ले सम्मान कार्यक्रमसम्बन्धी विशेष पृष्ठको प्रकाशन गर्ने गरेको छ ।