Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

चार पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनको आयोजनामा आज साउन ९ गते शनिबार चारवटा पुस्तकलाई सार्वजनिक गरियो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न...
HomeActivitiesशब्दयात्रा प्रकाशनको ‘केशरमहल’

शब्दयात्रा प्रकाशनको ‘केशरमहल’

साधारण व्यक्तिले दुःख गरेर कमाएको, छोराछोरीलाई हुर्काउन र पढाउन जोगाएको, बुढ्यौलीका लागि काम लाग्छ भनेर छुट्याएको पैसा संस्थामा आयो भने संस्थाले त्यस्ता व्यक्तिको अपनत्व पाउँछ, संस्था दिगो हुन्छ, कसैले संस्थालाई बिगार्न खोज्यो अथवा संस्थाको सम्पत्ति हिनामिना गर्न खोज्यो भने जनस्तरबाटै त्यसको प्रतिकार हुन्छ, समुदायले आफ्नो सम्झिएको संस्था टिकाउ हुन्छ भन्ने सोच बनाइयो । यस्तो सोच राखेर संस्थागत काम गर्दा संस्था सञ्चालन गर्न ज्यादै कठिन हुँदो रहेछ । अहिलेसम्म शब्दयात्रा प्रकाशन त्यही कठिन बाटोमा हिँडिरहेको छ । अनेकौँ कठिनाइहरू बेहोर्नुपरे पनि आफ्नो उद्देश्य र धारणाबाट विचलित नभई एकनिष्ठ बनेर काम गर्दै गइयो । बनेपामा उच्चस्तरको सार्वजनिक पुस्तकालय बनाउने सोचअनुरूप काम गर्दै जाँदा पुस्तकालयका लागि छुट्टै भवन बनाउनु आवश्यक देखियो । पुस्तकालय भवन तयार हुँदैछ। शब्दयात्रा प्रकाशनका सदस्यहरूका लागि पुस्तकालयको सानो संरचना पनि ‘केशरमहल’ बराबर नै हो ।