Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivities‘शब्दसंवाद’ मा ठाडोभाका सम्बन्धी प्रवचन

‘शब्दसंवाद’ मा ठाडोभाका सम्बन्धी प्रवचन

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा अन्वेषक तथा साहित्यकार लालबहादुर भुजेलले नेपालको मौलिक सङ्गीत ठाडोभाकाका विषयमा जानकारीमूलक प्रवचन गर्नुभयो । उहाँले ठाडोभाकाका विषयमा अन्वेषणात्मक कृति नै लेखेर प्रकाशन गराउनुभएको छ । प्रवचन कार्यक्रममा उहाँले ठाडोभाकाशिरोमणि भेडीखर्के साइँलोका रूपमा प्रसिद्धि प्राप्त गरेका दीर्घराज अधिकारी लगायत अन्य गायकहरू र लमजुङमा रहेको ठाडोभाका सम्बन्धी प्रतिष्ठानका बारेमा पनि जानकारी गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रममा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जारा, काभ्रेपलान्चोक सम्पर्क केन्द्रका सदस्य सहदीप पलान्चोके आदिले ठाडोभाका सम्बन्धी जिज्ञासाहरू राख्नुभएको थियो । कार्यक्रममा नानु उप्रेती लगायतका व्यक्तिहरू पनि सहभागी हुनुहुन्थ्यो ।