भक्तपुर जिल्लाको बागमती फार्मेसीले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यताको प्रमाणपत्र लिएका व्यक्तिहरूका लागि चिकित्सकीय परीक्षण निःशुल्क गरिदिने भएको छ । यसै गरी शब्दयात्रा प्रकाशनको सम्पर्क केन्द्रका संयोजकहरूले सिफारिस गरेका व्यक्तिहरूका लागि हरेक प्रकारका औषधिमा औषधिका आधारमा न्यूनतम १२ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म छुट दिई काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौँ र ललितपुर जिल्लाका सम्पर्क केन्द्रका कार्यालयहरूसम्म हरेक पन्ध्र दिनमा एक दिन औषधि पु¥याइदिने भएको छ ।
शब्दयात्रा प्रकाशन र बागमती फार्मेसीका बीचमा यससम्बन्धी औपचारिक सम्झौतापत्र सम्पन्न भइसकेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य अमृत अधिकारीले र बागमती फार्मेसीका तर्फबाट सञ्चालक डा. भास्कर हुमागाईंले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । त्यस बखत शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्री र बागमती फार्मेसीका तर्फबाट रश्मि हुमागाईं पनि उपस्थित हुनुहुन्थ्यो ।