शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तक सार्वजनिक गरिएका छन् । सार्वजनिक गरिएका पुस्तकहरूमा कवि पदम दाहालद्वारा लिखित कवितासङ्ग्रह ‘श्वेताम्बरी’ र कृष्णप्रसाद भट्टराईद्वारा लिखित ‘विकसित नेपाल सम्पन्न नेपाली’ रहेका छन् । शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपबाट माननीय प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुवै पुस्तकलाई थैलीबाट झिकेर सार्वजनिक गरिदिनुभएको थियो । ‘श्वेताम्बरी’ लाई साहित्यकार प्रेमा उदासले र ‘विकसित नेपाल सम्पन्न नेपाली’ लाई प्रा. केदारनाथ श्रेष्ठले पनि साथसाथै सार्वजनिक गरिदिनुभएको थियो । ‘श्वेताम्बरी’ का विषयमा समालोचक प्रा. डा. कृष्णप्रसाद दाहालले र ‘विकसित नेपाल सम्पन्न नेपाली’ का विषयमा समालोचक डा. श्याम भट्टराईले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा कृतिकार पदम दाहालले ‘श्वेताम्बरी’ भित्रको एउटा कविता वाचन गर्नुभएको थियो ।