काभ्रेपलान्चोक जिल्लामा जन्मेर आफ्नै जिल्लामा ११ अथवा १२ कक्षामा पत्रकारिता मूल विषय लिई अध्ययन गर्ने गरिब तथा जेहेन्दार एक छात्रालाई शब्दयात्रा प्रकाशनले हरेक वर्ष ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ प्रदान गर्दै आएको हुनाले २०७८ सालको छात्रवृत्ति प्रदान गर्नका लागि उपयुक्त छात्राको नाम सिफारिस गरिदिन आह्वान गरिएको छ ।