Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

हरिहर विरहीमा आमसञ्चार सम्मान समर्पण

अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) मा ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, २०८२’ समर्पण गरियो । उहाँको निवास काठमाडौँ बानेश्वरमै पुगेर उहाँमा सम्मान समर्पण गरिएको...
HomeActivitiesज्ञान उदासलाई पुरस्कृत गरिने

ज्ञान उदासलाई पुरस्कृत गरिने

शब्दयात्रा प्रकाशनले सङ्खुवासभा जिल्लामा जन्मेर साहित्यिक क्षेत्रबाट राष्ट्रिय ख्याति आर्जन गर्नुभएका अग्रज साहित्यकार ज्ञान उदासलाई ‘शब्दयात्रा–केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०७८’ समर्पण गर्ने भएको छ । पुरस्कारमा रुद्राक्षमाला, उपहार, शब्दयात्रा पट्ट, नगद रकम र अभिवन्दनापत्र समर्पण गर्ने गरिन्छ । शब्दयात्रा प्रकाशन परिवार पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा अग्रज साहित्यकार ज्ञान उदासप्रति हार्दिक आभार व्यक्त गर्दछ । स्मरणीय छ — पुरस्कारको आर्थिक व्यवस्थापन गर्नुहुने गीतकार श्रीमती लीला श्रेष्ठले हरेक वर्ष सङ्खुवासभा जिल्लाका राष्ट्रिय प्रतिभालाई पुरस्कृत गर्ने गरी शब्दयात्रा प्रकाशनको नाउँमा अक्षयकोष राखिदिनुभएको छ ।