शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रद्वारा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको दोस्रो शृङ्खलामा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले अतिथि वक्ताका रूपमा प्रवचन गर्नुभयो । उहाँले विश्वभरिको सभ्यतामा हिन्दूहरूको प्रभावका विषयमा प्रवचन गर्दै एसिया, युरोप, अमरिका, अस्ट्रेलिया, अफ्रिकाका सभ्यतामा हिन्दू सभ्यता र संस्कृतिको विस्तार भएका उदाहरणहरू प्रस्तुत गर्नुभएको थियो । उहाँले हिमवतखण्डबाट प्रारम्भ भएको सभ्यता विश्वभरि फैलिएका उदाहरणहरू दिनुभएको थियो ।