काभ्रेपलान्चोक जिल्लाको बुचाकोटका समाजसेवी शशिधर तिमल्सिनाका विषयमा स्मृतिग्रन्थ प्रकाशन गरिने भएको छ । शब्दयात्रा प्रकाशनले पुस महिनाको पहिलो सातामा प्रकाशन गरिसक्ने गरी स्मृतिग्रन्थको सम्पादन कार्य भइरहेको छ । स्मृतिग्रन्थको सम्पादन शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गरिरहनुभएको छ । स्मृतिग्रन्थमा पूर्वमन्त्री केशव बडाल, पूर्वसांसद रामहरि सुवेदी, नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टीपी शर्मा तिमल्सिना आदिका लेखहरूका साथै अन्य विभिन्न ऐतिहासिक सामग्रीहरू रहेका छन् । काभ्रेपलान्चोक जिल्लामा शशिधर तिमल्सिना भकुन्डे क्षेत्रको विकासका लागि स्मरणीय व्यक्ति हुनुहुन्थ्यो ।