शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले सञ्चालन गर्न प्रारम्भ गरेको ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको पहिलो शृङ्खलामा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले योगका विषयमा प्रवचन गर्नुभएको छ । कार्यक्रमको सञ्चालन सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले गर्नुभएको थियो ।