Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनबाट १०० थान पुस्तक उपहार

शब्दयात्रा प्रकाशनले लालीगुराँस टोल सुधार समितिबाट धुलिखेल नगरपालिका वडा नंं. ४ बखुन्डोलमा खोलिएको सामुदायिक पुस्तकालयका लागि १०० थान साहित्यिक पुस्तकहरू उपहारस्वरूप प्रदान गरेको छ...
HomeActivities‘द म्यान बिहाइन्ड धुलिखेल’ पुस्तक छापिँदै

‘द म्यान बिहाइन्ड धुलिखेल’ पुस्तक छापिँदै

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा अङ्ग्रेजी भाषामा ‘बेलप्रसाद श्रेष्ठ ः द म्यान बिहाइन्ड धुलिखेल’ नामक पुस्तक प्रकाशन हुने भएको छ । उहाँकै सम्पादनमा केही वर्षअघि ‘धुलिखेलका सारथि बेलप्रसाद श्रेष्ठ’ नामक अभिनन्दनग्रन्थ प्रकाशन भएकोमा त्यसभित्रका महत्त्वपूर्ण लेखहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी केही थप लेखहरू पनि समावेश गरेर अङ्ग्रेजीभाषी पाठकहरूका लागि ‘द म्यान बिहाइन्ड धुलिखेल’ पुस्तक तयार पारिएको हो ।
नेपाली भाषाका लेखहरूलाई शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय डा. भास्कर हुमागाईं र इ. रोशन अधिकारीले अङ्ग्रेजी भाषामा अनुवाद गरेपछि विदेशी पाठकहरूका लागि शब्दयात्रा प्रकाशनले यो पुस्तक प्रकाशन गर्न लागेको हो ।