काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि निजी सङ्ग्रहमा रहेका ४५ थान महत्त्वपूर्ण पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । यसअघि पनि उहाँले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो ।
यसै गरी शिक्षाविद् डा. मनप्रसाद वाग्ले र साहित्यिक पत्रकार सरस्वती शर्मा ‘जिज्ञासु’ ले पनि शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तकहरू उपहार प्रदान गर्नुभएको छ ।
पुस्तकालयका लागि पुस्तकहरू उपलब्ध गराइदिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।