काभ्रे जिल्लाकी लेखिका श्रीमती लक्ष्मी बडालले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँले केही पुस्तकहरू प्रकाशन गरिसक्नुभएको छ । ‘साहित्यिक चौतारी नेपाल’ लगायतका केही साहित्यिक संस्थाहरूसँग पनि उहाँ आबद्ध हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा शब्दयात्रा प्रकाशन उहाँलाई धन्यवाद ज्ञापन गर्दछ ।