शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘तारतमरस’ नामक पुस्तकलाई इ. रोशन मञ्जुश्री अधिकारीको सक्रियतामा ‘इ–बुक’ का रूपमा तयार पारेको छ ।
‘तारतमरस’ पुस्तकलाई सस्वर वाचन गरेर तयार पारिएको उक्त पुस्तक शब्दयात्रा प्रकाशनको यस प्रकारको पहिलो पुस्तक हो । उक्त पुस्तक शब्दयात्रा प्रकाशनको वेबसाइट र यु–ट्युबबाट सुन्न र हेर्न पाइनेछ ।