Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesसम्मानका लागि सिफारिस आह्वान

सम्मानका लागि सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनले आगामी २०७६ सालको जेठ महिनामा समर्पण गरिने विभिन्न ६ विधाका सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ आगामी वैशाख २० गतेभित्र उपलब्ध गराइदिन सबैमा अनुरोध गरेको छ ।
२०७६ सालमा समर्पण गरिने १८ विधाका सम्मानहरूमा जेठ महिनामा शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, शब्दयात्रा सिर्जना सम्मान, शब्दयात्रा शिक्षक सम्मान र शब्दयात्रा सामाजिक जागरण सम्मान समर्पण गरिनेछन् । हरेक सम्मानमा ५ हजार रुपियाँ, किरीट, प्रमाणपत्र र उपहार समर्पण गर्ने गरिन्छ ।
ती सम्मानहरूबाट गत वर्ष क्रमशः सावित्री जङ्गम थापा, नरेन्द्रबहादुर श्रेष्ठ, नरेन्द्रकुमार अधिकारी, द्रोणप्रसाद श्रेष्ठ, रामप्रसाद अधिकारी र सुभाष स्मृति प्रतिष्ठानलाई सम्मान गरिएको थियो ।