Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसम्मानका लागि सिफारिस आह्वान

सम्मानका लागि सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनले आगामी २०७६ सालको जेठ महिनामा समर्पण गरिने विभिन्न ६ विधाका सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ आगामी वैशाख २० गतेभित्र उपलब्ध गराइदिन सबैमा अनुरोध गरेको छ ।
२०७६ सालमा समर्पण गरिने १८ विधाका सम्मानहरूमा जेठ महिनामा शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, शब्दयात्रा सिर्जना सम्मान, शब्दयात्रा शिक्षक सम्मान र शब्दयात्रा सामाजिक जागरण सम्मान समर्पण गरिनेछन् । हरेक सम्मानमा ५ हजार रुपियाँ, किरीट, प्रमाणपत्र र उपहार समर्पण गर्ने गरिन्छ ।
ती सम्मानहरूबाट गत वर्ष क्रमशः सावित्री जङ्गम थापा, नरेन्द्रबहादुर श्रेष्ठ, नरेन्द्रकुमार अधिकारी, द्रोणप्रसाद श्रेष्ठ, रामप्रसाद अधिकारी र सुभाष स्मृति प्रतिष्ठानलाई सम्मान गरिएको थियो ।