Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivities‘शब्दसंवाद’ मा निर्मला श्रेष्ठ

‘शब्दसंवाद’ मा निर्मला श्रेष्ठ

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७४ औँ शृङ्खला गत २०७५ माघ १८ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रमको प्रमुख वक्ता शिक्षासेवी, समाजसेवी तथा सहकारीकर्मी निर्मला श्रेष्ठ हुनुहुन्थ्यो भने नवराज पराजुलीको सभापतित्व र व्यवस्थापनविद् श्री शर्मा मूर्खको प्रमुख आतिथ्यमा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, शब्दयात्रा कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का, शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरे, लेखकहरू डा. इन्दुल केसी र केदारनाथ तिमल्सिना, ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पादक रोशन मञ्जुश्री अधिकारी, स्तम्भकार सहदीप पलान्चोके, समाजसेवी छविलाल कुइँकेल, व्यवसायी सहदेव श्रेष्ठ, लक्ष्मी पौडेल, खुदकुमार दाहाल, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।