शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये २०७५ सालका लागि तेस्रो चरणको सम्मान समर्पण कार्यक्रम आगामी माघ महिनामा हुने भएको छ । त्यस बखत निम्नलिखित ६ विधाका सम्मानहरू समर्पण गरिनेछन् । ती सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी पुस २५ गतेभित्र उपलब्ध गराइदिन सबैमा अनुरोध छ ।
१. शब्दयात्रा कविप्रसाद प्याकु¥याल कविताकाव्य सम्मान : (गत वर्ष किरण खरेल सम्मानित)
२. शब्दयात्रा गोपाल पराजुली बालसाहित्य सम्मान : (गत वर्ष कल्पना प्रधान सम्मानित)
३. शब्दयात्रा हरिगोपाल प्रधान समालोचना सम्मान : (गत वर्ष प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’ सम्मानित)
४. शब्दयात्रा मनका श्रेष्ठ महिला प्रतिभा सम्मान : (गत वर्ष नूपुर भट्टाचार्य सम्मानित)
५. शब्दयात्रा राजेन्द्र विरही अनुसन्धान सम्मान : (गत वर्ष प्रा. चेतोनाथ गौतम सम्मानित)
६. शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान : (गत वर्ष मुनिबहादुर शाक्य सम्मानित)

शब्दयात्रा प्रकाशन
अक्षरधाम, नीलकण्ठेश्वर, बनेपा, काभ्रे
दूरभाषाङ्क : ०११–४१५२१५÷०११–६६२९६२
विद्युतीय हुलाक : [email protected]