Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesशब्दयात्राबाट चयन समिति गठन

शब्दयात्राबाट चयन समिति गठन

शब्दयात्रा प्रकाशनले आगामी जेठ महिनामा समर्पण गर्ने चार विधाका सम्मानका लागि उपयुक्त व्यक्तिको चयन गर्न चार सदस्यीय ‘सम्मानित व्यक्तित्व चयन समिति’ को गठन गरेको छ । समितिको संयोजकमा सिद्धिबहादुर कर्माचार्य तथा सदस्यहरू सरस्वती सापकोटा, मोहनविनोद बजगाईं र सुदर्शन आचार्य रहनुभएको छ । उहाँहरूलाई यही वैशाख २७ गतेभित्र सम्मान गर्नुपर्ने व्यक्तिको नाम चयन गरिदिन आग्रह गरिएको छ ।
हरेक वर्षझैँ यस वर्ष पनि जेठ महिनाको दोस्रो साता शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, प्रशासनिक महिला प्रतिभा सम्मान, शब्दयात्रा सिर्जना सम्मान र नन्दिकेश्वर अधिकारी शोध सम्मान समर्पण गरिनेछ । सम्मान गर्न योग्य व्यक्तिको नाउँ सिफारिस गरिदिन ‘नेपालभूमि’ (साप्ताहिक) र ‘शब्दसञ्चार’ (रेडियो कार्यक्रम) बाट सार्वजनिक आह्वान गरिएको छ । प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले उपयुक्त व्यक्तिको चयन गर्नेछ र जेठ महिनाको दोस्रो साता सम्मान समर्पण समारोहको आयोजना गरी उहाँहरूलाई सम्मान गरिनेछ ।