Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesनिर्माण समिति गठन

निर्माण समिति गठन

शब्दयात्रा प्रकाशनले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान (शब्दयात्रा मल्टिडाइमेन्सनल रिसर्च एकेडेमी — सिम्रा) सम्बन्धी आवश्यक संरचना निर्माण गर्नका लागि संस्थाका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा निर्माण समितिको गठन गरेको छ । समितिको सचिवमा महाप्रबन्धक शारदाप्रसाद शर्मालाई तोकिएको छ । समितिका लागि आवश्यक सदस्यहरूको चयन गर्ने अधिकार अध्यक्षलाई नै प्रदान गरिएको छ ।
शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानका केही परियोजनाहरू शब्दयात्रा प्रकाशनको स्वामित्वमा काभ्रेको बनेपामा रहेको ‘कृष्ण–गीता परिसर’ मा सम्पन्न गर्ने निर्णय भएकाले निर्माण समितिले सर्वप्रथम त्यसै स्थानका लागि आवश्यक कार्य गर्ने भएको छ ।