Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesस्वर्णकौशिकी धामलाई सम्मान गरिने

स्वर्णकौशिकी धामलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ कफेश्वर महादेवस्थान व्यवस्थापन समितिलाई समर्पण गर्ने भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसेमा अवस्थित कफेश्वर महादेवस्थानलाई स्वर्णकौशिकी धाम पनि भन्ने गरिन्छ । उक्त सम्मान आगामी असोज महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । जयराम श्रेष्ठ संयोजक तथा उद्धवप्रसाद नेपाल र केशव खुलाल छेत्री सदस्य रहेको चयन समितिको सिफारिसका आधारमा यो निर्णय गरिएको हो । सम्मानका लागि चयन भएकोमा कफेश्वर महादेवस्थान व्यवस्थापन समितिलाई शब्दयात्रा प्रकाशन हार्दिक बधाई ज्ञापन गर्दछ ।