शब्दयात्रा प्रकाशनले विश्लेषक, टिप्पणीकार तथा स्तम्भकार अनारसिंह कार्की (सोलुखुम्बू) लाई ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान, २०८०’ समर्पण गर्ने भएको छ । उहाँलाई आगामी असोज महिनामा सम्मान गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन पत्रकार हरिगोपाल प्रधानले आफ्ना पिता गोपाल प्रधानको स्मृतिमा गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा अनारसिंह कार्कीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।