शब्दयात्रा प्रकाशनले आगामी भदौ महिनामा सम्मान गर्ने विभिन्न चार विधाका सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ सिफारिस गरी आगामी साउन १५ गतेभित्र पठाउन सबैमा अनुरोध गरेको छ ।
भदौ महिनामा गरिने सम्मानहरू योगेन्द्र खत्रीद्वारा व्यवस्थापित साहित्यिक पत्रिका सम्मान, हरिगोपाल प्रधानद्वारा व्यवस्थापित फोटो पत्रकारिता सम्मान, प्रेमबहादुर खड्काद्वारा व्यवस्थापित आध्यात्मिक पत्रकारिता सम्मान र नेपालभूमि साप्ताहिकद्वारा व्यवस्थापित नेपालभूमि स्तम्भकार सम्मान रहेका छन् ।
ती सम्मानहरूबाट गत वर्ष क्रमशः उन्नयन साहित्यिक पत्रिका, फोटो पत्रकार श्याम चित्रकार, शारदा उपाध्याय र तीर्थ कोइराला सम्मानित भएका थिए ।