काभ्रे जिल्लाको बनेपामा प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको सालिक स्थापना गर्ने कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग गर्ने सहयोगीहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
यसै क्रममा बन्दिपुर सिराहाका भुवानीप्रसाद बरालले एक हजार पचपन्न रुपियाँ र मादी सङ्खुवासभाका चन्द्रप्रसाद ढुङ्गानाले पाँच हजार पाँच सय पचपन्न रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । सहयोग गर्नका लागि धेरैजनाबाट आश्वासन पनि प्राप्त भएको छ ।