महेश संस्कृत गुरुकुलका संस्थापक तथा अद्वैत दर्शनका व्याख्याता डा. स्वामी रामानन्द गिरिका विषयमा आध्यात्मिक लेखक तथा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्यायद्वारा लिखित ‘वेदान्तशिरोमणि ः एक संस्मरण’ नामक पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेको छ ।
‘नेपालभूमि साप्ताहिक’ का नियमित स्तम्भकार मुकुन्दप्रसाद उपाध्यायले आफ्नो ‘प्रलेखन’ स्तम्भमा प्रकाशन गराउनुभएका केही लेखहरू, अन्यत्र प्रकाशनार्थ दिइएका केही लेखहरू र स्वामीज्यू ब्रह्मलीन हुनुभएपछि लेखिएको एउटा लेखसहित अन्य सामग्रीहरू सङ्कलित उक्त पुस्तक स्वामीज्यूको १६ औँ दिनको पुण्यतिथिमा आगामी साउन ८ गते आइतबार देवघाटमा सार्वजनिक गरी वितरण गरिने कार्यक्रम रहेको छ ।
‘वेदान्तशिरोमणि ः एक अध्ययन’ मुकुन्दप्रसाद उपाध्यायद्वारा लिखित आठौँ र शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित चौरासीऔँ पुस्तक हो ।