शब्दयात्रा प्रकाशनले स्थापना गर्न लागेको पाँच विधाका पाँच शीर्ष व्यक्तित्वको सालिकका लागि झापाको विर्तामोडनिवासी नरेन्द्रकुमार अधिकारीले ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
काभ्रेको बनेपामा नेपालका प्रथम शिक्षासेवी, प्रथम लोकतान्त्रिक पत्रकार, प्रथम गायिका, प्रथम साहित्यिक सहिद र प्रथम वैज्ञानिकको सालिक स्थापना हुने समाचार पाएपछि अत्यन्त उत्साहित भएर यथासम्भव आर्थिक सहयोग गरेको उहाँको भनाइ रहेको छ ।