Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesविपन्न महिलालाई शब्दयात्राको सहयोग

विपन्न महिलालाई शब्दयात्राको सहयोग

शब्दयात्रा प्रकाशनको सौजन्यमा विपन्न महिला इन्दिरा भुर्तेल नेपाललाई आर्थिक सहयोग जुटाइएको छ । उहाँलाई शब्दयात्रा प्रकाशनको कार्यक्रमको अवसरमा आर्थिक सहयोग जुटाई १७ हजार २ सय रुपियाँ हस्तान्तरण गरिएको छ । द्रोणप्रसाद श्रेष्ठ, चन्द्रबहादुर खड्का र नरेन्द्रकुमार अधिकारीबाट उक्त रकम सङ्कलन गरिएको हो ।
काभ्रेको मन्डन घर भएकी इन्दिरा भुर्तेल नेपाल भूकम्पले घर ढलेपछि बेघर भई डेरामा बस्नुभएको, उहाँका श्रीमान् मानसिक रोगी र छोरा सुस्त मनस्थितिको भएका कारणले उहाँहरूको जीवन धान्न नै कठिनाइपूर्ण अवस्था भएको जानकारी प्राप्त भएपछि मानवीय सहयोगस्वरूप शब्दयात्रा प्रकाशनले त्यसरी आर्थिक सहयोग गर्ने चाँजोपाँजो मिलाएको हो ।