शब्दयात्रा प्रकाशनले नेपालमा पहिलोपल्ट नेपालका मूद्र्धन्य शब्दसाधकहरू पाँचजनाको सालिक एकै ठाउँमा स्थापना गर्न लागेको हुनाले त्यस कार्यमा सहयोग गर्न चाहनेहरूको सङ्ख्या बढ्दै गएको छ ।
यसै क्रममा काठमाडौँ पेप्सिकोलाका समुन्नत श्रेष्ठले १० हजार १ सय ५५ रुपियाँ, काठमाडौँ पेप्सिकोलाकै राजेश श्रेष्ठले ५ हजार १ सय रुपियाँ, काठमाडौँ बानेश्वरका श्रद्धा श्रेष्ठ र किरण श्रेष्ठले ५ हजार १ सय ५५ रुपियाँ, ललितपुर कुसुन्तीकी सुभद्रा श्रेष्ठले ५ हजार ५ सय रुपियाँ, ललितपुर भैँसेपाटीका सिनेरिया जोशी र दीनबन्धु जोशीले ५ हजार १ सय ६० रुपियाँ र ललितपुर भैँसेपाटीकै शुभम्श्रु श्रेष्ठ र नगेन्द्र श्रेष्ठले ५ हजार १ सय ६० रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।