Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सार्वजनिक भयो ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’

     लेखक, बैङ्कर तथा कानुन व्यवसायी स्वयम्भू शाक्यद्वारा लिखित ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ नामक पुस्तक यही भदौ १३ गते शनिबार सार्वजनिक गरिएको छ । स्वयम्भू...
HomeActivitiesसार्वजनिक भयो ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’

सार्वजनिक भयो ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’


     लेखक, बैङ्कर तथा कानुन व्यवसायी स्वयम्भू शाक्यद्वारा लिखित ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ नामक पुस्तक यही भदौ १३ गते शनिबार सार्वजनिक गरिएको छ । स्वयम्भू शाक्यको यो चौथो पुस्तक हो ।
     प्रा. डा. हेमराज काफ्ले र कृतिकार स्वयम्भू शाक्यले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको उक्त पुस्तकमाथि प्रा. डा. हेमराज काफ्लेले टिप्पणी गर्नुभएको थियो भने स्वयम्भू शाक्यले पुस्तक लेख्नुको पृष्ठभूमिका बारेमा जानकारी गराउनुभएको थियो ।
     पुस्तक १२० पृष्ठको छ । यसमा प्रा. डा. कुलप्रसाद कोइराला, पशुपतिमान पःमां र डा. इन्दुल केसीका मन्तव्य रहेका छन् ।
     शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रम कृष्णमणि कुइकेलको सभापतित्वमा कालिका त्रिपाठी पन्तले सञ्चालन गर्नुभएको थियो । पशुपतिमान पःमांले मन्तव्यसहित विसर्जन गर्नुभएको उक्त कार्यक्रमको समुद्घाटन नवराज पराजुलीले गर्नुभएको थियो ।