शब्दयात्रा प्रकाशन (मुनाफा वितरण नगर्ने कम्पनी) को सञ्चालक समितिको मिति २०७७ कार्तिक १६ गते आइतबार बसेको बैठकको निर्णयबमोजिम यस प्रकाशनको सातौँ वार्षिक साधारण सभा निम्नलिखित विषयहरूमा छलफल र निर्णय गर्न देहायबमोजिमको मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ (२) अनुसार साधारण सभाका सदस्य महानुभावहरूको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रसारित गरिएको छ ।
सातौं वार्षिक साधारण सभा हुने मिति, समय र स्थान ः
मिति : २०७७ साल पुस ४ गते शनिबार तदनुसार १९ डिसेम्बर २०२०
समय : दिउँसो १ बजे
स्थान : शब्दयात्रा प्रकाशनको सभाकक्ष, नीलकण्ठेश्वर परिसर, बनेपा — ६, काभ्रे
छलफलका विषयहरू :
१. सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ साल असार मसान्तसम्मको वासलात तथा आ. व. २०७६–७७ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण र सोका अनुसूचीहरूउपर छलफल गरी पारित गर्ने ।
३. आ. व. २०७७–७८ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. आ. व. २०७७–७८ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय विवरणमाथि छलफल गरी पारित गर्ने ।
५. विविध ।
यस प्रकाशनको वार्षिक प्रतिवेदनसहितको विवरण साधारण सभाका सबै सदस्य महानुभावहरूको ठेगानामा साधारण सभाको सूचनाका साथ संलग्न गरी पठाइएको छ । सो प्रतिवेदन प्राप्त नभएका सदस्य महानुभावहरूले प्रकाशनको बनेपास्थित कार्यालयमा सम्पर्क राखी लिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
सञ्चालक समितिको आज्ञाले
शारदाप्रसाद शर्मा
महाप्रबन्धक : शब्दयात्रा प्रकाशन